`

नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैनः गृहमन्त्री लामिछाने

Nepal One HD १ वैशाख २०८१ १३:३५
राजनीति

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।
नयाँ बर्षको अवसरमा काठमाडौंको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरुलाई मिठाइ बाँडेर शुभकामना आदान प्रदान गर्दै गृहमन्त्री लामिछाने नागरिकका गुनासा सम्बोधन हुने गरि सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिनुभएको हो ।

सो क्रममा उहाले प्रहरीका गुनासा र समस्याहरुप्रति जानकार रहेको भन्दै प्याकेजमा नै समाधान गर्न छलफल गरेर काम गरिरहेको धारणा राख्नुभयो । उहाले नेताको चाकडी नभइ जनताको हितमा काम गरे संगठनमा बलियो रुपमा स्थापीत हुन सक्ने बताउनुभयो ।

त्यस्तै गृहमन्त्री लामिछानेले उपत्यकालाई २४ घण्टा नै चलायमान बनाउदै आर्थिक अवस्था र रोजगारको सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो । २४ घण्टा नै व्यवसाय सञ्चालन गर्दा नियम र कानून कडाइका साथ पालना गराइने र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उहाको भनाइ छ ।

त्यस्तै गृहमन्त्री लामिछानले आगामी दिनमा बिभिन्न कार्यक्रमहरु कार्यान्वयनमा लिएर आउने धारणा राख्नुभयो ।


प्रतिक्रिया