`

गोसाइँकुण्डमा केबुलकार बनाउन पहल गर्छु: कानुन मन्त्री गिरी

Nepal One HD ५ वैशाख २०८१ ७:१०
राजनीति

रसुवा – कानुन तथा संसदीय व्यवस्थामन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेर भए पनि गोसाइँकुण्डमा केबुलकार निर्माण गर्न पहल गर्ने बताउनुभएको छ ।

गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप भलिबलखेल, १२ औँ रेडपाण्डा ट्राफिक तथा २९ वन्यजन्तु सप्ताहको धुञ्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले सो कुरा बताउनुभएको हो ।

मन्त्री गिरीले केबुलकारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बुँदा समयसापेक्ष परिमार्जन गरी स्थानीयवासीको माग र आवश्यक्ता पुरा गर्न/गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कुनै पनि कार्य गर्दा वा गराउँदा जैविक विविधताको संरक्षणलाई ध्यानमा राखी गरिने उहाँको भनाइ छ । कानुनमन्त्री गिरीले आजै सीमावर्ती रसुवागढी क्षेत्रको भ्रमण गरी सीमाबाट वारिपारि आउजाउका विषयमा समेत जानकारी लिनुभएको थियो ।


प्रतिक्रिया