महोत्तरीमा भीषण आगलागी, एकसय घर जलेर नष्ट(फोटोफिचर)

समाचार

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो भएको आगलागीमा एकसय घर जलेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिएका छन् ।
उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् । मेयर मण्डलले मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिकालगायतको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि प्रयासरत रहेको बताए ।





प्रतिक्रिया
फेसबुक प्रतिक्रिया