पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

विश्व

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले बिहीबार आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड ४० लाख अमेरिकी डलरले कमी आएको जनाएको छ ।
अप्रिल १९ सम्ममा बैङ्कको कुल विदेशी विनिमय सञ्चिति घटेर करिब आठ अर्ब डलरमा झरेको एसबिपीले जनाएको हो ।“‘बाह्य ऋण भुक्तानीका कारण’ यो कमी आएको एसबीपीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
वाणिज्य बैंकहरूको कुल विदेशी सञ्चिति पाँच अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । बैङ्कका अनुसार पाकिस्तानसँग कूल तरल विदेशी सञ्चिति करिब १३ अर्ब ३० करोड डलर रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट