पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउने एकीकृत समाजवादीको निर्णय
राजनीति
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले बजेटलाई जनमुखी बनाउन माग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले सङ्घीय संसद्को आगामी जनसरोकारका विषय सशक्त रूपमा उठाउने र सरकारको नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको हो ।
अधिवेशनमा कानुन निर्माण प्रक्रियामा पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको नेता एवं पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको बैठकमा समसामयिक तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको थियो । पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउने निर्णय गरेको बैठकले मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक विकासमा पार्टीले सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
