कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

प्रमुख खबर

काठमाडौँ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सका अनुसार शेर्पा आइतबार बिहान ७ः२५ मा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
योसँगै उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । उनी सिनियर गाइडका रुपमा यसपटक २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न गएका थिए । ५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने बताएका छन् । उनले सन् १९९२ मा सगरमाथा आरोहण अभियान सुरु गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट