`

कपिलवस्तुको कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु

Nepal One HD ३० वैशाख २०८१ १४:५१
समाज

चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । 

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो । 
लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले जानकारी दिए ।

लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल शव फेला परेको रायमाझीले बताए ।


प्रतिक्रिया