`

सदनको गतिरोध खुलाउने विषयमा भएको छलफल निष्कर्षबिहीन

Nepal One HD ३० वैशाख २०८१ १६:१५
राजनीति

काठमाडौ । व्यवस्थापिका संसदको अवरोध खुलाउने विषयमा सभामुख, बिभिन्न दलका प्रमुख सचेतक र सचेतकबीचको छलफल निष्कर्षबिहीन भएको छ । सभामुख देवराज घिमिरेले संयुक्त सदनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउने लगायतका विषयमा कानूनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने अडान नछोडेपछि सहमति बन्न नसकेको हो ।
कांग्रेसले सदन सुचारु गर्ने विषय सरकारको भूमिकामा भर पर्ने बताएको छ । यता, एमालेले भने प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानून सम्वत नभएको भन्दै समिति बनाउने विषयलाई टार्दै आएको छ ।


प्रतिक्रिया