`

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

Nepal One HD १ जेठ २०८१ १८:३१
प्रमुख खबर

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि फैसला हुन सकेन । आज दिनभरको सुनवाइपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । यही इजलासमा मुद्दाको सुनवाइले भोलि निरन्तरता पाउने र भोली नै फैसला आउनसक्ने अनुमान गरिएको छ ।

न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।


प्रतिक्रिया