डा. केसीले तोडे अनसन

समाज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा लगायत माग राखेर अनसन सुरु गरेका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।
बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् । डा. केसीले वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपतिको मृगस्थलीमा अनसन थालेका थिए ।
अनैतिक शासनहरुको अगाडि नैतिक याचना फगत रुपमा देखिएको भन्दै डा. केसीले अनसन तोडेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट