कान्तिलोकपथमा कार दुर्घटना हुँदा तीनजना घाइते

समाज

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान भएको सवारी दुर्घनामा परेर घाइते भएका तीनै जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दीप साह, रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विवेक साह र भीमफेदी गाउँपालिका– ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते तीनै जनालाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ । बिहान साढे ७ बजेको समयमा ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट