`

वन डढेलो र फँडानीले जैविक विविधता संरक्षणमा चुनौती

Nepal One HD १० जेठ २०८१ ८:१५
समाचार

कञ्चनपुर । वन डढेलो, अतिक्रमण, फँडानी, चोरी सिकारीलगायत विविध कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका छन् । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित कृष्णबैजनाथ बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजना गरेको जलवायु परिवर्तनका प्रभावदेशमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा वन अतिक्रमण भएको चर्चा गर्दै उनले त्यसबाट वन्यजन्तुको बासस्थान तथा सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको बताए ।

“पृथ्वीको तापक्रम बढ्दै जाँदा जलवायु परिवर्तनको असर यहाँ पनि देखिन थालेको छ” उनले भने, “तराईमा मात्र पाइने वनस्पती र जीवजन्तु हाल पहाडी क्षेत्रमा पनि भेटिन थालेका छन् । ”

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले जैविक विविधता संरक्षणका लागि विद्यालयस्तरबाटै चेतना जगाउनुपर्ने धारणा राखे ।

क्याम्पसका उपप्रमुख भवराज निरौलाले निकुञ्ज, संरक्षित क्षेत्रलगायत प्राकृतिकस्थलमा बस्ने जीवजन्तुलाई मात्र संरक्षण गरेर नहुने भएकाले चरन क्षेत्रमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनप्रति पनि धयान दिनुपर्ने बताए ।
क्याम्पस व्यवस्थापन समितिका सदस्य शेरबहादुर साउदले वन माथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिए ।


प्रतिक्रिया