सगरमाथामा एकजना केन्याली आरोहीको मृत्यु

प्रमुख खबर

काठमाडौं । सगरमाथा आरोहणका क्रममा केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै उनको शव फेला परेको पर्यटन विभागले जनाएको छ ।
उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेमा आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेमा तेस्रो शिविरमा बसेर २० मेमा तेस्रो शिविर पुगेका थिए ।
बुधबार दिउँसो दुई बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो । त्यसक्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो । सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको र अवस्था समेत अज्ञात रहेको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट