`

विशेष अदालतबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला

Nepal One HD ११ जेठ २०८१ १६:१८
प्रमुख खबर

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत फेला परेका छन् । उनी बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका भक्तपुर प्रहरीका एसपी अजय केसीले जानकारी दिएका छन् ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ । पोखरेलसहित अन्य ४ जना सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका थिए । विशेष अदालतले उनलाई ६ महिना कैदको सजाय सुनाएको थियो भने ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो ।


प्रतिक्रिया