नारायणगढ–मुग्लिन सडकमा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु

प्रमुख खबर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा मेसिन अपरेटरको मृत्यु भएको छ । नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको बताइएको छ ।
पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जानकारी दिएको छ । घटनाको बारेमा बुझ्न नारायणगढ–मुग्लिन सडक आयोजनाका अधिकारीहरू घटनास्थलमा गइरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट