`

अर्जेन्टिनामा पहिलो पाँच महिनामा चार लाखभन्दा बढी डेङ्गुका मामिला देखियो

Nepal One HD १४ जेठ २०८१ १९:०९
विश्व

अर्जेन्टिनामा यस वर्षको पहिलो पाँच महिनामा चार लाख ८८ हजारमा डेङ्गु देखिएको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ। यो गत वर्षको तुलनामा तीन दशमलव ३५ गुणा धेरै हो।
मन्त्रालयको राष्ट्रिय इपिडिमियोलोजिकल बुलेटिनअनुसार वर्षको पहिलो २० हप्तामा चार लाख ८८ हजार ३५ जना डेङ्गुका बिरामी दर्ता भएका छन्। डेङ्गुका सबैभन्दा धेरै केस मध्य क्षेत्रमा रिपोर्ट गरिएको र त्यसपछि उत्तरपश्चिम र उत्तरपूर्वी क्षेत्र पाइएको थियो।

देशका २४ मध्ये १९ जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएको र यस सिजनमा तीन सय ४३ जनाको मृत्यु भएको छ। धेरै सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने धेरैजसो लक्षण देखिएका थिए।


प्रतिक्रिया