सुर्खेतमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

प्रमुख खबर

कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुेको छ । सुर्खेतबाट कालिकोट गइरहेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडकखण्डमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बिहीबार बिहान २ बजेतिर जिप दुर्घटनामा परेको हो । मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका–३ का नमराज विक, तन्त विक र उनका छोरा वीरेन्द्र विक छन् ।
दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट