`

युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग नगर्ने बाइडेनको वाचा

Nepal One HD २५ जेठ २०८१ ६:५०
विश्व

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगरिने बताउनुभएको छ ।उहाँले पश्चिमी मुलुकहरूद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिइएको बताउनुभयो ।उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमी मुलुकहरूले प्रदान गरेको हतियारहरूको प्रयोग गर्न अनुमति दिएका छन् ।

“उनीहरू युक्रेनमा विशिष्ट लक्ष्यहरूमा आक्रमण गर्न प्रयोग भइरहेकाले युक्रेनीहरूलाई सीमा छेउमा प्रयोग गर्न अनुमति दिइएको छ”, बिहीबार एबिसी न्युजसँगको अन्तरवार्तामा उहाँले भन्नुभयो, “हामीले रुसमा दुई सय माइलसम्म आक्रमणका लागि अधिकार दिइरहेका छैनौँ र मस्को, क्रेमलिनमा आक्रमणका लागि अधिकार दिइरहेका छैनौँ ।”वासिङ्टनले रुससँग सीमा जोडिएको पूर्वी खार्किभ क्षेत्रको रक्षा गर्न युक्रेनलाई सक्षम बनाउनका लागि आफ्नो प्रतिबन्ध आंशिकरूपमा हटाएको अमेरिकी अधिकारीहरूले गत साता बताएका थिए ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा रुसको दैनिक आक्रमणलाई अधिकारीहरूले अमेरिकी अडानमा परिवर्तनको श्रेय दिएका थिए ।जर्मनीले युक्रेनलाई रुसका लक्ष्यहरूमा जर्मन–प्रदत्त हतियारहरू प्रहार गर्न अनुमति दिएको बताएको छ ।“अमेरिकाले आपूर्ति गरेको हतियारहरू सीमापारबाट आक्रमण गर्नका लागि थिए जहाँ रुसीहरूले युक्रेनमा गएर युक्रेनीहरूलाई मार्नका लागि प्रयोग गर्ने परम्परागत हतियारबाट महत्त्वपूर्ण आक्रमण भइरहेको छ”, बाइडेनले भन्नुभयो ।


प्रतिक्रिया