चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसै साता न्युजिल्याण्डको भ्रमण गर्ने

विश्व

चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसै साता न्युजिल्याण्डको भ्रमण गर्ने प्रधानमन्त्रीक्रिस लक्सनले सोमबार बताउनुभएको छ ।सन् २०१७ पछि न्यूजील्याण्ड भ्रमण गर्ने लीपहिलो चिनियाँ प्रधानमन्त्री हुनुहुनेछ । “मन्युजिल्याण्डमा प्रधानमन्त्रीलीलाई न्यानो स्वागतगर्न तत्पर छु,“ लक्सनले बताउनुभयो । प्रधानमन्त्रीको भ्रमण न्युजिल्यान्ड र चीनबीचको सहयोगका क्षेत्रहरूमा आदानप्रदानको लागि बहुमूल्य अवसर हो ।
हालै चिनियाँ मन्त्रीस्तरीय टोलीले न्यूजील्याण्डको भ्रमण गरेका थियो । चीन न्यूजील्याण्डको सबैभन्दा ठूलो व्यापार साझेदार हो । वेलिङ्टन पश्चिमी प्रजातन्त्रहरूमा बेइजिङको सबैभन्दा नजिकका साझेदारहरू मध्ये एक हो । तर हालैका वर्षहरूमा चीनले प्रशान्त महासागरमा आफ्नो सैन्य र कूटनीतिक शक्तिविस्तार गर्न खोज्दा सम्बन्धमा तनाव उत्पन्नभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट