`

क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान

Nepal One HD १२ असार २०८१ ८:०९
विश्व

सन् २०२३ मा चार करोड एक लाख जनसङ्ख्या पुग्ने अनुमान गरिएको क्यानाडाको जनसङ्ख्या आगामी दशकहरूमा बढ्दै चार करोड ७१ लाखबाट सन् २०७३ मा आठ करोड ७२ लाखको बीचमा पुग्ने तथ्याङ्क क्यानडाले सोमबार बताएको छ ।

मध्यम–वृद्धि परिदृश्यअनुसार क्यानाडाको जनसङ्ख्या सन् २०७३ मा छ करोड २८ लाख पुग्ने राष्ट्रिय तथ्याङ्क निकायले उल्लेख गरेको छ ।

विगत ३० वर्षको औसत एक दशमलव १२ प्रतिशतबाट वार्षिक जनसङ्ख्या वृद्धि दर क्रमशः घटेर सन् २०७२÷२०७३ सम्ममा शून्य दशमलव ७९ प्रतिशत पुग्नेछ ।

तुलनात्मकरूपमा यो दर उच्च–वृद्धिको परिदृश्यअनुसार एक दशमलव ५९ प्रतिशत र न्यून–वृद्धि परिदृश्यअनुसार शून्य दशमलव ०७ प्रतिशतमा घट्ने एजेन्सीले जनाएको छ ।आप्रवासी वृद्धि क्यानाडामा जनसङ्ख्या वृद्धिको प्रमुख चालक हुनेछ ।

जनसङ्ख्या वृद्धि र कम प्रजनन क्षमताका कारण मृत्युको सङ्ख्यामा हुने अनुमानित वृद्धिलाई ध्यानमा राखी प्राकृतिक वृद्धिले सामान्य भूमिका मात्र खेल्ने तथ्याङ्क क्यानाडाले जनाएको छ ।


प्रतिक्रिया