सहाना प्रधान यू-१९ भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशलाई

खेलकुद

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि गण्डकी प्रदेशले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुषतर्फको फाइनल खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो २५–१५ ले आफ्नो पक्षमा पर्दा दोस्रो सेट २०–२५ ले गुमाएको थियो।
त्यसपछि बाँकी दुई सेट २५–२० र २५–१८ ले आफ्नो पक्षमा पर्दै च्याम्पियन बनेको हो । उपाधिसँगै गण्डकीले नगद तीन लाख प्राप्त गरेको छ। पराजित लुम्बिनीले भने दुई लाखमा चित्त बुझायो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट