`

युएनएचसीआरद्वारा लिबियामा चार हजारभन्दा बढी सुडानी शरणार्थीलाई सहयोग प्रदान

Nepal One HD १५ असार २०८१ २०:१४
विश्व

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसीआर)ले यो वर्ष अहिलेसम्म लिबियामा रहेका चार हजार ८०० भन्दा बढी सुडानी शरणार्थीलाई महत्वपूर्ण सहयोग उपलब्ध गराएको छ ।

“यो वर्ष अहिलेसम्म चार हजार ८०० भन्दा बढी सुडानी शरणार्थीहरूलाई चिकित्सा सहायता, स्वच्छता किटहरू, भान्छाका सामान, सौर्य बत्तीमा पहुँच र नगद सहायता जस्ता महत्वपूर्ण समर्थनहरू प्रदान गरिएको छ,” युएनएचसीआरले एक विज्ञप्तिमा उल्लेख गरेको छ । धेरै शरणार्थीहरू आइरहँदा युएनएचसीआर र यसका साझेदारले खाँचोमा परेकालाई सहयोग गर्न प्रयासहरू बढाइरहेका छन् ।

यससँगै, अब लिबियामा युएनएचसीआरमा दर्ता भएका सुडानी शरणार्थीको सङ्ख्या चार हजार ८०० भन्दा बढी पुगेको छ ।अप्रिल सन् २०२३ को मध्यमा आफ्नो देशमा गृहयुद्ध सुरु भएदेखि ठूलो सङ्ख्यामा विस्थापित सुडानी नागरिकले लिबियामा सुरक्षा र सहायता खोजिरहेका छन् ।


प्रतिक्रिया