`

कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा

Nepal One HD १९ असार २०८१ १०:२५
खेलकुद

काठमाडौं । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान भएको समूह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै समूह डीबाट दुवै टोली क्वाटरफाइनल पुगेका हुन् ।

खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरूआती अग्रता लिएको थियो । खेलको ४५औं मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले खेल बराबरीमा ल्याए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकियो । बराबरीपछि कोलम्बिया २ जीत र एक बराबरीसहित ७ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिलको ३ खेलमा एक जीत र २ बराबरीसहित ५ अंक हासिल गरेर दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको हो । समूह डी मा रहेका कोस्टारिका र पाराग्वे भने बाहिरिएका छन् । अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने छ ।


प्रतिक्रिया