`

राप्तीको बाढीमा बेपत्ता यादव मृत फेला

Nepal One HD २३ असार २०८१ ९:१६
समाचार

शिवु खनाल, देउखुरी । राप्ती नदीमा बगेर बेपत्ता भएका एकजनाको शव फेला परेको छ । दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार विहान लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव फेला परेको जानकारी दिए । उनले आइतबार विहान ७ः ३० बजेको समयमा बेपत्ता भएको हस्नापुर घाटदेखि करिब एकसय ५० मिटर पश्चिम तर्फ खोलाको बगरमा यादवको शव फेला परेको जानकारी दिए ।

शनिवार उक्त घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्दार गरेको थियो भने १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीले बगाएको थियो ।।


प्रतिक्रिया