`

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

Nepal One HD २३ असार २०८१ १२:१२
अर्थ समाचार

काठमाडौँ ।  सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ४५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला  एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने  एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया