काठमाडौं महानगरपालिकाको बजेट पारित

अर्थ समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पास भएको छ । मंगलबार राष्ट्रियसभा गृहमा बसेको १५औँ नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन साहले आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए ।
संशोधित नीति तथा कार्यक्रम र बजेट नगरसभा सदस्यहरूले सर्वसम्मत पास गरेका हुन् । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेटिएको छ ।
काठमाडौं महानगरपालिकाले १० असारमा आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो ।
महानगर उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट