सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

अर्थ समाचार

काठमाडौँ । सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।
बुधबार प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि एक लाख ४४ हजार दुई रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने एक हजार आठ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट