पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २६ घाइते

समाचार

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस ओरालो तर्फ आउँदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर करिब ४० मिटर तल सडकमा खसेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट