`

काभा महिला भलिबलमा नेपाल इरानसँग पराजित

Nepal One HD २० साउन २०८१ २०:२१
खेलकुद

काठमाडौं । काभा महिला भलिबलमा नेपाल इरानसँग पराजित भएको छ । आइतबार भएको खेलमा इरानसँग नेपाल ३–२ को सेटले पराजित भएको हो । अन्तिम तथा पाँचौ सेट नेपालले १५–१३ ले गुमायो ।

पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले जितेको थियो । त्यस्तै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट नेपालले २५–२३ ले गुमाउँदा चौथो सेट भने २५–१५ ले जितेको थियो । जितसँगै इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ ।

इरानले चार खेलमा ७ अंक जोड्दा नेपालले ३ खेलमा ६ अंक प्राप्त गरेको छ । यसअघि नेपालले शनिबार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो ।

अब नेपालले लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।


प्रतिक्रिया