`

काभा महिला नेसन्स लिगमा नेपालको जित

Nepal One HD २१ साउन २०८१ १७:१९
खेलकुद

काठमाडौँ – काठमाडौंमा जारी काभा महिला नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्समाथि २५–८, २५–१९ र २५–१८ को जित हासिल गर्यो ।

नेपाल यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको छ भने माल्दिभ्स प्रतियोगीताबाट बाहिरिसकेको छ । अब नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा भारतले श्रीलंकासँग मंगलबार खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिवल संघले जनाएको छ ।


प्रतिक्रिया