`

इरानलाई हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा

Nepal One HD २२ साउन २०८१ १९:३८
खेलकुद

काठमाडौं । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो ।

योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । अब नेपालले उपाधिका लागि बुधबार भारतसँग खेल्नेछ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो ।


प्रतिक्रिया