श्रीलङ्काले सवारीसाधन आयातमाथिको प्रतिबन्धलाई क्रमशः हटाउने


भन्सार शुल्कमार्फत राजस्व बढाउन खोजेको श्रीलङ्काले सन् २०२५ देखि चरणबद्ध रूपमा सवारीसाधन आयात गर्न अनुमति दिने राष्ट्रपति रनिल विक्रमासिङ्घेले बुधबार बताउनुभएको छ
उहाँले सवारी साधन आयातमा लगाइएको प्रतिबन्धलाई क्रमशः हटाउन अनुमति दिँदै राष्ट्रको भण्डार निर्माण भइरहेको बताउनुभयो
डिसेम्बर सन् २०२३ को अन्त्यमा कूल सञ्चिति चार अर्ब ४० करोड डलरबाट बढेर सन् २०२४ जुनको अन्त्यमा पाँच अर्ब ७० करोड अमेरिकी डलर पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
गत हप्ता श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) प्रतिनिधिमण्डलले मोटर वाहनहरूमा आयात प्रतिबन्धको योजनाबद्ध छूटले सन् २०२५ मा राजस्व परिचालनलाई समर्थन गर्ने बताएको थियो । कर प्रशासन सुधारहरूले सन् २०२५ अप्रिलसम्ममा निर्यातकर्ताहरूका लागि राम्रोसँग काम गर्ने भ्याट फिर्ता प्रणाली स्थापना गरी अनुपालनलाई अझ सुधार गर्न सक्ने आइएमएफले जनाएको छ ।
यसअघि अर्थराज्यमन्त्री रञ्जित सियाम्बालापिटियाले आयात प्रतिबन्ध कसरी फुकुवा गर्ने भन्ने विषयमा अगस्ट दोस्रो सातामा निर्णय हुने बताउनुभएको थियो ।