एएफसी च्यालेन्ज लिग प्लेअफ : पारो एफसीसँग खेल्न चर्च ब्वाइज तयार


काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलका लागि टोली ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड तयार रहेको क्लबले जनाएको छ ।
चर्च ब्वाईजले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्यालेन्ज लिग प्लेअफको लागि टोलीको तयारी अतिम चरणमा पुगेको जानकारी दिएको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रम अन्तर्गत एएफसी च्यालेन्ज लिग प्लेअफमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग यही साउन २९ गते दशरथ रंगशालमा प्रतिस्पर्धा गर्दैछ ।
क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्लेअफ खेलका लागि टोली तयार रहेको बताए ।
छोटो समयमको तयारी भएपनि लामो समय सँगै खेलेका खेलाडीहरु चर्च ब्वाइजमा रहेकोले राम्रो नतिजा ल्याउने प्रशिक्षक महर्जनले बताए ।
उनले पारो एफसीमा विदेशी खेलाडीहरु धेरै रहेको र उनीहरु हाल भइरहेको लिगमा पनि शीर्ष स्थानमा रहेकोले दुई क्लबीच यो विषय फरक रहेको बताए ।
चर्च ब्वाइजमा पनि राम्रो खेलाडीहरु रहेकोले टिमप्रति आफू सन्तुष्ट रहेको उनले बताए ।
चर्च ब्वाइजले च्यालेन्ज लिग प्लेअफ खेलको तयारी स्वरुप त्रिभुवन आर्मी एफसी र यू२० टोलीसँग अभ्यास खेल खेलेको थियो ।
यस्तै क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको भन्दै यस खेलमा धेरै दर्शकहरुको उपस्थिति हने अपेक्षा राखेका छन् । साथै नेपाली टिमले राम्रो प्रदर्शन गर्ने पनि उनले बताए ।
चर्च ब्वाइजले राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
टोलीमा राष्ट्रिय टिमा फरवार्ड अन्जन विष्ट, आयुष घलान, लकेन लिम्बु, सन्जिव विष्ट, सनिश श्रेष्ठ, छिरिङ लामा, सौभाग्य राई लगायत खेलाडीहरु छन् । यस्तै तीन विदेशी खेलाडी समेत टोलीमा समावेश छन् ।
चर्च ब्वाइजको टोली :
१. अनन्त तामाङ (कप्तान)
२. एरिक विष्ट (उप कप्तान)
३. अञ्जन विष्ट
४. आयुष घलान
५. लाकेन लिम्बू
६. दीप कार्की
७. टेकेन्द्र सिंह थापा
८. रेम्बो कुमार चौधरी
९. सञ्जीव बिष्ट
१०. छिरिङ्ग लामा
११. सनिश श्रेष्ठ
१२. सौभाग्य राई
१३. सन्तोष खत्री
१४. रोहन कार्की
१५. विवेक पौडेल
१६. निरज चौधरी
१७. एकराज बुढाथोकी
१८. योगेश गुरुङ
१९. मनिष कुमार जर्गा
२०. आदित्य शाक्य
२१. ओमोलाजा नुरेन करीम (नाइजेरिया)
२२. पिटर बान्दा (जाम्बिया)
२३. मोजेस ग्याबा त्वाम (घाना)