`

साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

Nepal One HD २६ साउन २०८१ १७:४२
खेलकुद

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । एन्फाले अगष्ट १८ देखि २८ तारिखसम्म दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको लागि २३ सदस्य टोली घोषणा गरेका हो ।

टोलीमा जियारथ शेख, कृषल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष मिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लाचु थापा, निरज कार्की, हरिष राज भट्ट छन् ।

धरबेन्द्र कुँवर, अनिल बमजन। समीर तामाङ, नीराजन धामी र रोहन खड्गी पनि टोलीमा रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्नेछन् ।


प्रतिक्रिया