`

भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयर र उपमेयरले पाए सफाइ

Nepal One HD ३० साउन २०८१ १८:४०
समाचार

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयरसहित सबैलाई सफाइ दिएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जेठमा ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै मेयर, उपमेयरसहित १४ जनाविरुद्ध भ्रष्टारमुद्दा दायर गरेको थियो ।

अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।


प्रतिक्रिया