`

मर्स्याङ्दी बस दुर्घटनामा ठूलो हताहतीको आशंका, उद्दार जारी

Nepal One HD ७ भदौ २०८१ १३:०९
समाचार

दमौली  । पृथ्वीराजमार्गअन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस शुक्रबार मध्यान्ह मस्र्याङ्दी नदीमा खसेको हो । 


पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन । 


अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ ।  पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना ११ जना बेपत्ता, १४ जना अचेत अवस्थामा रहेका बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया