`

गौरा पर्वको कार्यक्रममा पुगेका नेताहरुविरुद्ध नाराबाजी

Nepal One HD १० भदौ २०८१ १८:१४
प्रमुख खबर

काठमाडौं । काठमाडौंको टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिन पुगेका नेताहरुविरुद्ध नाराबाजी भएको छ ।

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्री पाण्डेलगायतका नेता उपस्थित कार्यक्रममा उनीहरुविरुद्ध नाराबाजी भएको हो । युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका थिए ।

नेताहरुविरुद्ध नाराबाजी भएपछि कांग्रेस सभापति देउवा रिसाए । उनले कार्यक्रम बिथोल्न लागिएको भन्दै आपत्ति जनाए ।

आक्रोसित हुँदै उनले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ उनले कार्यक्रम विथोल्न खोज्नेलाई जनताले ठिक पार्ने बताए । काठमाडौंमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले सोमबार गौरापर्व मनाएका हुन् ।


प्रतिक्रिया