`

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै

Nepal One HD १२ भदौ २०८१ ९:१२
खेलकुद

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । सातदोवाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरुहुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि भिडन्त पक्का गरेका हुन् । दुवै खेलमा एक एक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो । नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए ।

जसमा नेपाल विजयी भएको थियो । सुरुका दुई संस्करणको उपाधि जिते यता थप ३ संस्करणमा फाइनल पुग्न पनि असफल नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ । उता, बंगालदेशपनि यसअघिका संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उप विजेतामा सीमित हुन पुग्दै आएको टिम हो ।

बंगलादेश पनि नयाँ इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने छ । दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल खेल उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया