बिर्तामोडमा बसको ठक्करबाट ३० वर्षीया महिलाको मृत्यु

समाचार

झापा, १५ भदौः पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्र १–०२–००२ ख ००३५ नंको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उहाँ घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका–४ कै ठिरप्रसाद सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
गण्डकी, १५ भदौः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्राकृतिक सम्पदाको विकासमा सामूहिक प्रयासको खाँचो आँैल्याउनुभएको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिकस्थल गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति २९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले गुफाको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
गुफा र वरपर निर्मित संरचनाको सुरक्षा र संरक्षण सबैको दायित्व भएको बताउँदै उहाँले यसका लागि स्थानीयवासी र गुफा व्यवस्थापन समिति सबै पक्षको सहकार्य र पहलले मात्र यस क्षेत्रको मापदण्ड पालना गर्नेतर्फ सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बर्सेनि लाखौँ पर्यटकले अवलोकन गर्ने र वार्षिक पाँच करोडभन्दा बढी आम्दानी शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले भन्नुभयो, “जनसहभागिताबाट सञ्चालनमा रहेको संस्थाले राज्य तहबाटै गर्ने काम गरेको छ ।” गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्नु आपैmमा प्रशंसनीय काम भएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले गुफालाई थप आकर्षक बनाउनका लागि गुरुयोजना बनाउनुपर्ने बताउँदै त्यसका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संस्थाका पूर्वअध्यक्षहरूलगायत विभिन्न सङ्घसंस्थाका तर्पmबाट गुफाको महत्त्व र यसले सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट