`

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

Nepal One HD २० भदौ २०८१ ८:५७
विश्व

इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता भएका छन् ।संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनएचसिचारले आफ्नो सामाजिक सञ्चाल एक्समार्फत भनेको छ, “सेप्टेम्बर १ मा एक जहाज दुर्घटना भएपछि भूमध्यसागरमा बीस जना बेपत्ता भएका छन् । इटालीका लागि संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको अधिकारी चियारा कार्डोलेटीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भन्नुभएको छ “हाम्रो टोलीले लाम्पेडुसामा लगेर बाँचेका सातजनाको अवस्था गम्भीर छ ।”

केही इटालियन मिडिया रिपोर्टहरूले बेपत्ताको सङख्या २१ जना रहेका, जसमा तीन बच्चाहरू छन् ।इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का अनुसार सन् २०२३ मा उत्तर अफ्रिकाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेपछि थप तीन हजार आप्रवासी बेपत्ता भएका छन् ।


प्रतिक्रिया