`

नेपालमा जस्तै भारतको मुम्बईमा पनि नेपाली महिलाले धुमधामसँग मनाए तीज

Nepal One HD २० भदौ २०८१ १४:१४
प्रवास

विष्णुप्रसाद गौतम, मुम्बई । प्रवासमा भारतमा रहेका विभिन्न नेपाली संघ संगठनहरुले धुमधामसँग तीज मनाएका छन् । विशेष गरी महाराष्ट्रको मुम्बई र पुनेका विभिन्न सहरहरुमा विगतका वर्ष जस्तै यसवर्ष पनि महिलाहरुले तीज मनाएका हुन् ।

घर माइतदेखि टाढा भएपनि सबै दिदीबहिनी एकै ठाउँमा जम्मा भएर रमाइलो गरेका हुन् । मुम्बई, पुने, अमदनगर, कल्याण भिबन्डी लगायतका ठाउँमा तीज भब्यताका साथ मनाइएको छ ।

संयुक्त नेपाली महासंघ मुम्बई, नेपाली जनसम्पर्क समिति भारत, प्रवासी नेपाल संघ भारत, नेपाली एकता समाज भारत, गोर्खाली आमा समूह भारत, सुनखरी महिला समाज भारत, पशुपतिनाथ नेपाली समाज भारत, सुदूरपश्चिम सास्कृतिक मंच भारत, प्रवासी नेपाली सम्पर्क विभाग भारत, मुक्तिनाथ फाउन्डेसन भारतलगायत थुप्रै संघ संगठनले आआफ्नै तरिकाले तीज मनाएका छन् ।


त्यस्तै भारतीय कामगार सेनाका अध्यक्ष माष्टर थापाले तीजका अवसरमा आयोजित कार्यक्रममा भारत र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताए ।

उनले भने, ‘भारत–नेपालको सम्बन्ध बेटीरोटीको सम्बन्ध हो । हामी सबै हिन्दू हौं ।’ महासंघका पूर्वअध्यक्ष जगतबहादुर सिंहले पनि महिलाहरुलाई तीजको शुभकामना दिएका थिए ।


प्रतिक्रिया