`

यात्रुको ज्यान जोगाउने भारतीय पाइलटलाई यूएईको सम्मान

Nepal One HD १३ कार्तिक २०८३ १२:४८
विश्व
काठमाडौं । उडिरहेको विमानभित्र सहपाइलटको आक्रमणमा परेर घाइते भएका भारतीय पाइलट स्मित मच्छरले यात्रुहरूको ज्यान जोगाउन देखाएको साहसका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को प्रतिष्ठित सम्मान पाएका छन्।

फ्लाई दुबईमा कार्यरत क्याप्टेन मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास’ प्रदान गरिएको हो। दुबई सरकारको आधिकारिक मिडिया कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत उनलाई सम्मान गरिएको जानकारी दिएको छ।

अबु धाबीमा आयोजित एक विशेष कार्यक्रममा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले क्याप्टेन मच्छरसँग भेट गरेका थिए। भेटका क्रममा राष्ट्रपतिले उनको साहस र बहादुरीको प्रशंसा गरेका थिए। उक्त सम्मान दुबईका युवराज तथा उपप्रधानमन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतूमले उनलाई हस्तान्तरण गरेका हुन्।

घटना गत सेप्टेम्बर ३० को हो। त्यस दिन फ्लाई दुबईको विमान दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको थियो। उडानका क्रममा विमानका सहपाइलटले ककपिटभित्रै क्याप्टेन मच्छरमाथि ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए।

आक्रमणबाट घाइते भएका मच्छरले कठिन परिस्थितिमा पनि संयम र साहस देखाए। उनले ककपिटको ढोका खोलेपछि विमानमा रहेका यात्रुहरू भित्र प्रवेश गरेका थिए। त्यसपछि उनीहरूले स्थिति नियन्त्रणमा लिन सहयोग गरेका थिए।

आफूमाथि आक्रमण हुँदा पनि यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिएको भन्दै क्याप्टेन मच्छरलाई यूएईले सम्मान गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *