आइकाओको सम्मेलनमा सहभागी हुन पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान
राजनीति
काठमाडौँ, २५ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको राजधानी नयाँदिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।
बुधबारदेखि दिल्लीमा सुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन भारत जानुभएको मन्त्रालयले जनाएको हो । दुईदिने सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रुपमा आयोजना गर्न लागेको जनाइएको छ । एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा करिब ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
