मुम्बईमा चार सन्तानकी नेपाली महिला अर्कैसँग गएपछि तीन छोराछोरीको बिचल्ली

NepalOne ३१ भदौ २०८१ २२:५९
प्रवास

विष्णुप्रसाद गौतम, मुम्बई । भारतको मुम्बईमा चार सन्तानकी आमा आठ वर्षकी छोरीलाई लिएर अर्कैसँग गएपछि तीन छोराछोरीको बिचल्ली भएको छ ।

कञ्चनपुरको रामपुर बिलासपुर गाउँपालिका वडा नम्बर नौ घर भई बिगत १६ वर्षदेखि मुम्बईमा परिवारसँग बस्दै आएका धनसिंह सोनारकी श्रीमती ममसरी सोनार एक छोरी लिएर अर्कैसँग गएपछि अरु तीन सन्तानको बिचल्ली भएको हो ।

श्रीमती अर्कैसँग फरार भएपछि उनका श्रीमान धनसिंह खोजी गरिदिन मुम्बई प्रहरीसँग आग्रह गरेका छन् । उनले कसैले देखे भेटेमा 9619304312 ,720878370 नम्बरमा सम्पर्क गरी जानकारी दिनसमेत आग्रह गरेका छन् ।


प्रतिक्रिया