`

पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी

Nepal One HD १० असोज २०८१ १८:०३
विश्व

रूसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको शहर युक्रेन्स्क कब्जा गरेको बताएको छ । टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा रूसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गर्नुअघि १० हजारभन्दा बढी जनसङ्ख्या भएको युक्रेन्स्कलाई आफ्नो सेनाले मुक्त गरेको बताएको छ ।

युक्रेनका साना गाउँ र बस्तीहरूलाई नियन्त्रणमा लिने श्रृङ्खलामा यो सहर रूसका लागि हालैका हप्ताहरूमा भएको सबैभन्दा महत्त्वपूर्ण विजयमध्ये एक हो ।युक्रेन्स्क मस्कोले कब्जा गरेको दाबी गरेको क्षेत्रको राजधानी डोनेट्स्क सहरबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित छ ।

मस्कोका सेनाले सम्पूर्ण डोनेट्स्क क्षेत्रको नियन्त्रण प्राप्त गर्न खोजिरहेका छन् र शान्ति वार्ता सुरु गर्ने पूर्व शर्तका रूपमा किएभलाई उक्त क्षेत्र साथै लुगान्स्क, खेरसन र जापोरिझिया क्षेत्रबाट आफ्नो सेना फिर्ता लान माग गरेका छन् ।


प्रतिक्रिया