`

काठमाडौँमा खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

Nepal One HD ११ असोज २०८१ २०:४०
प्रमुख खबर

काठमाडौँ, ११ असोजः काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् । हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया