`

अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान

Nepal One HD १३ कार्तिक २०८१ १८:४६
विश्व

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै प्रारम्भिक मतदान गर्नुभएको छ। आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनःनिर्वाचन अभियान समाप्त गर्ने निर्णय गर्नुभएको बाइडेनका लागि यो तितोमिठो क्षण हो ।

राष्ट्रपति बाइडेनले सोमबार डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गर्नुभएको हो ।राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्दै मतदानका लागि करिब ४० मिनेट लाइनमा पर्खनुभएको थियो ।अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ ।


प्रतिक्रिया