`

पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्नेमा शेखर कोइरालाको जोड

Nepal One HD ६ पुष २०८१ १९:१९
राजनीति

धनगढी, ६ पुसः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको आज यहाँ आयोजित प्रथम अधिवेशनमा उहाँले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्छ भन्नुभयो । पार्टीका धेरै नेता कार्यकर्ताले आफूहरुले न्याय नपाएको गुनासो गरेका बताउनुभयो । नेता कोइरालाले भन्नुभयो,“पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ ।”

त्यस अवसरमा कांग्रेसका नेता डा सुनिल शर्मा, सञ्जयकुमार गौतम, हृदयराम थानी, डा गोविन्द पोखरेल, नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाललगायत वक्ताले पार्टी सङ्गठन विस्तार एवं एकतामा जोड दिनुभएको थियो ।


प्रतिक्रिया