`

बालगायक सचिन परियारको निधन

Nepal One HD १८ पुष २०८१ १३:५९
समाज

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण उनी थलिएका थिए । उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत थुप्रै गीत गाएका छन् ।


प्रतिक्रिया