`

फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

Nepal One HD १५ माघ २०८१ १९:४३
मनोरञ्जन

काठमाडौँ । बुधबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन तत्कालका लागि रोक्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

डायस्परा इन्टरटेन्टमेन्ट प्रालिले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम र कथा हुबहु चोरी गरेको भन्दै मुद्दा हालेको थियो ।

अदालतले छलफलको टुंगो नलागेसम्म फिल्म प्रदर्शन गर्नु र नगराउनु भनी आदेश दिएको छ । इजलासले फिल्म कम्पनीलाई छलफलका लागि २२ गते अदालतमा बोलाएको छ ।


प्रतिक्रिया